Skip to content


समय नै सम्पुर्ण हो एउटै मात्र साँचो कुरो
समय हो जीवनको रथ हाक्ने मूल धुरो

कहीं हावा हुरी ल्याउछ कहीं सूख शान्ति पनि
त्यसैले त चिन्नु पर्ने समय हो मुख्य चुरो

बलवान हुन्छ त्यस्तै न त सुन्छ मेरो उस्को
समयलाई छेक्छु भन्ने सबैभन्दा मुर्ख ठुलो

कहाँ खोज्छौ देवतालाई भौंतारिदै यताउता
आत्मा नै हो मन्दिर भन्या खै बुझेको तिम्ले कुरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *