Skip to content

प्यास सायद मेट्यौ होला

  • by


प्यास सायद मेट्यौ होला, मूल नबिर्स साथी
महासागरमा पुग्नु छ तर्ने, पुल नबिर्स साथी

निरन्तर सर्बप्रिय पात्र बनेरै, बाँच्नु ठुलो कुरा
सहारा काँडाको लिन्छौ त, फूल नबिर्स साथी

सन्नाटा छाएको छ,हरेक निर्जन बस्तीहरूमा
एक्लो फगत जीवन काट्दा, हुल नबिर्स साथी

कहलिन्छ सबै माझ, मानिस सर्बश्रेस्ठ प्राणी हो
सत्यको पथमा जान खोज्दा, भुल नबिर्स साथी

नातावाद र कृपावादले, जरा गाडेको यो ठाउमा
सस्तो प्रचारको साधन उही, तुल नबिर्स साथी

दिवाकर भट्टराई
दमौली तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *