Skip to content

मेरो चरी आज किन चहकिएको छैन


मेरो चरी आज किन चहकिएको छैन
झरी परी रुझी बस्यो, देखिएको छैन

चर्का घाममा, अल्झिएर कि त आको होइन
मन दुखी कतै रोयो, सम्हालिएको छैन
मेरो चरी आज किन चहकिएको छैन !

चिरीचिरी बारीभरि महकिएको छैन
टिपी किरी-फट्याङ्रा आज रित्तिएको छैन
मेरो चरी आज किन चहकिएको छैन

कि त लाग्यो डाँडातिर, सामल भेट्या छैन
आफ्नु गुँड सम्झी सम्झी अँझै फर्क्या छैन
मेरो चरी आज किन चहकिएको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *