उहिलेको कुरा हो
जंगला मुलुकको कुरा हो
सिरुबारीमा श्याल कराउदा
कुकुर गाउँमा भुके भने
भन्थे बाले आज गाउँमा
अजङ्गको बाघ पस्यो
दुख दिन्छ अब यसले
बाघले धेरै दुख दिए
बाघले चौपाया नस्ट गरे
दर्जन थाप्नु पर्छ भन्थे
दर्जन थाप्दा परेन भने
शिकार थाप्नु पर्छ भन्थे
शिकार खान आएन भने
धावा बोल्नु पर्छ भन्थे
हो,
बाघले धेरै दुख दिए
दर्जन थाप भन्थे बाले
जंगल छोडी बस्ती पसे
ढोक्सो थाप भन्थे बाले
अँझै धेरै दुख: दिए
जंगल फांड भन्थे बाले
खोला गड्तिर हिडदा खेरी
संगी लिई हिड्नु भन्थे
बाघले ज्यादै दुख दिए
बन्दुक ताकी मार भन्थे
बाघले धेरै दुख दिए
गाउँले सबै निस्क भन्थे
बाघ धेरै गर्ज्यो भने
शंख फूक भन्थे बाले
अँझै पनि दुख : दिए
राँको बाल भन्थे बाले
बाघले धेरै दुख : दिए
त्यसका नंग्रा झार भन्थे
त्यति गर्दा नटेरेमा
त्यसलाई सखाप पार भन्थे
हो नि …
दर्जन थापी मार भन्थे,
ढोक्सो थापी पार भन्थे
त्यसले ज्यादै दुख दिए
त्यसले सखाप पार्यो भने
त्यसलाई सखाप पार भन्थे
धेरै कुरा गर्नु छ है तिमीहरूले भन्थे बाले !!
===========================
गणतन्त्र दिवस -नेपाल २०७०
