Skip to content

काक्ष काकाकुल जताततै

ManGurung


काक्ष काकाकुल जताततै, देखिन्छ आजभोलि
मान्छेमा घात गर्ने जात, भेटिन्छ आजभोलि

वैरभाव बुन्दैछ बुद्ध जन्मेको भारत भनी,
किन हाम्रो यो अस्तित्व मेटिन्छ आजभोलि

एक रथका दुई पाँङ्ग्रा भनिन्छ दम्पत्य त्यो,
तर पतिबाटै पत्नीको गला, रेटिन्छ आजभोलि

नव युगकि नारीले संस्कृति नभुलुन भन्छु,
अर्ति दिदा उल्टै टाउकोमा, टेकिन्छ आज भोलि

चोबा सरि बस्नु पर्ने दु:खका बोझ उठाई,
खोजिरहदा खुसी झनै, छेकिन्छ आजभोलि

चोबा:- बोझ थाम्ने एक प्रकारको खाँबो
काक्ष:- क्रोध दृष्टि

मन गुरुङ “माईला”
ढापुक-७ ‘स्याङ्जा’ पखेरे
अहिले: पोखरा

1 thought on “काक्ष काकाकुल जताततै”

Leave a Reply

Your email address will not be published. Required fields are marked *