(मतदान)
गाउँ पसे होस् गर्नुस सिंह दरबार बस्नेसँग
तासको घर बाड़ी हिड्ने स्वर्ण महल ओढ्नेसँग
आश्वासनको मिश्री देखाई भोक बाँडी भाग्ने संग
गाउँ पसे होस् गर्नुस सिंह दरबार मास्नेसँग
गाउँ पसे होस् गर्नुस संसद बेची खाने संग
सोधी खोजी गर्नु होला फेरि त्यहाँ जानेसँग
नारा मात्र बाँडी हिड्ने जाली फटाहा ढोंगीसँग
के के गर्छन अब जाँदा सोध्नु पर्छ तिनीसँग
गाउँ पसे होस् गर्नुस देशमा दशा ल्याउनेसँग
गाउँ पसे होस् गर्नुस जन बन्धक राख्ने संग
(साँच्चै नै चुनाव हुने भो भने ) ?
रगतको दाग तिनले पुच्छ्या छ कि छैन सोध्नु
देशै कुम्ल्याई भकारीमा ठुस्या छ कि छैन केर्नु
के के गर्छन अब तिनले तमसुकमा लेखाइलिनु
अनि मात्र त्यो मतको छाप लगाई सहयोग गर्नु
चिल्ला चाप्ला कुरा गरि झुक्याएर मार्ने संग
भोटलाई बिस्कुन बनाई जथाभावी सुकाई दिन्छन
जनताको इमान्दारी कालो धनमा लुकाई दिन्छन
गाउँ पसे होस् गर्नुस सिंह दरबार पस्नेसँग
गाउँ बसे होस् गर्नुस सिंहदरबार मास्नेसँग
गाउँ पसे होस् गर्नुस संसद बेची खाने संग !!
===========================
First published : 2013-06-13 04:31:07 +0900

Very gud Poem
Realistic for
Very gud Poem
Realistic for nepalese situation