धनले किनिन्छ जीत यहाँ
कस्तो यो अचम्म रीत यहाँ
क्षणमै मिलन बिछोड रे
देख्दैमा निरिह प्रीत यहाँ
भुलिदिन्छन समाज पनि
के थिए हिजो अतित यहाँ
रोप्छन छुरा पाय आफ्नले
हुँदैन मित्र न मित यहाँ
स्वार्थको पोको मानवरुप
सोचिन्न कसैको हित यहाँ
हत्या हिंसा छ मौन स्वीकृति
सोझासाझा चै पीडित यहाँ
