Skip to content

घामको किरण यत्ति साह्रो

  • by


घामको किरण यत्ति साह्रो, किन चढेको होला
दु:खको संसार प्रतिदिन, किन बढेको होला

अधिकार दिलाउन, खोस्रा नारा बाढ्नेहरू
जनताको हार हुनेभए, किन लडेको होला

स्वार्थको लागि, आपसमा सहमति जप्दै
लुछाचुडी गर्दै कुवुद्धिले, किन सढेको होला

परिश्रम र मिहनेतले, अत्मनिर्भर हुदा पनि
बैदेशिक हस्तक्षेपमा देश, किन अडेको होला

भाग्यमानी कहलिने मान्छेहरू, प्रसस्तै छन्
स्वत: उतिर्ण भैदिने भए, किन पढेको होला

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *