केवल पहिलो प्रेम प्रस्ताव सम्झदैछु
मिली देखेका सारा ख्वाव सम्झदैछु
पुर्ण रुपले आफ्नो बनाए पछि तिम्ले
वचन तोडेर दिएको दवाव सम्झदैछु
खै के, कुन स्वार्थ पुरा गर्नका लागि भने
मेरो भागमा पारिएका कवाव सम्झदैछु
मैले मनाही गर्दा गर्दै ललाई फकाइ
मलाई पिलाएको सराव सम्झदैछु
पाउनुभन्दा धेरै गुमाउनु परे पनि मैले
साहित्य आकाशमा भएको लाभ सम्झदैछु
छेपाराले जस्तो गरी रंग बद्लिरहने खाली
यति बेला नितान्त त्यो स्वाभाव सम्झदैछु
जे थियो, जस्तो थियो मेरो माया थियो
शायद आज तिम्रो अभाव सम्झदैछु ।
२०६९ -१२- २०
