न्यायाधिसको पदवी भिरी शक्ति केन्द्र नडूल
न्यायको आखाँ छोपी अन्त कतै नभूल
च्यातिदेऊ मैलिएको राजनीतिको जामा अब
आस्था भए मनमै राख बाहिर कतै नखूल
नमेटाऊ अदालतका मान्यता र अस्तित्वलाइ
स्वतन्त्रभै रहन देउ हस्तक्षेप नहूल
न्याय जोख्ने तराजुको डन्डी कमजोर बनाएर
अवसरबादको घाम ताप्दै लठ्ठिएर नझूल
सर्ब सुलभ निसाफ दिई जोगाइ राख गरिमा
प्रलोभनमा नपरी जनबिश्वास बटूल
