Skip to content

काठमाण्डौंमा

  • by


आफू नमरी स्वर्ग देखिदैन भन्थें
मैले त नर्क देखें काठमान्डौंमा
वगेको खोलो फर्किदैन भन्थे
मैले त फर्केको देखें काठमाण्डौंमा

अस्ति भर्खरै काँधमा झोली भिरेर
खुट्टामा हात्तीछाप छपाएर
म छिरेको सपनाको शहरमा
अवसरको सागर, कथित स्वर्गनगरी काठमाण्डौंमा
पाईला टेक्नासाथ रुमाल झिकें
बोल्नासाथ कानमा कपास घुसारेँ
हिड्नासाथ रोकिएँ
सपनाबाट वास्तविकतामा बिउँझिएँ
कानून तोडेर म छक्क परेँ काठमान्डौंमा

माईक्रोफोनको अगाडि
‘गुट्खा’र अरु थुप्रै ‘खा’चपाएको
थुतुनोबाट कथित नायकलाई
मैले त भुकेको देखेँ काठमाण्डौंमा
उसले “प्रदुषणरहित बनाउँछु” खोक्यो
“स्वीजरल्याण्ड” फुक्यो
तर दर्शकका आँखामा शान्ति पाईएको
स्वीजरल्याण्ड नभएर विकसित एवं म सुरक्षित नेपाल
मैले त चाहिएको देखेँ काठमाण्डौंमा
नेपालको कानून उनै नेता जानून्
पाँच पाँच वर्षको मिहेनतले पनि ‘खेतमा’ ‘धान’ नफलेको
झुटा आस्वासन र शब्दहरू
‘काँकाँ’ काग कराउँदै गरेको अर्कोतिर सुक्दै गरेको
मैले त पीना देखें काठमाण्डौंमा

मन वचन कर्मले समर्पित देशभक्त नेता नेत्रीहरूले
मनले ‘तँ’ भनेको वचनले ‘हामी’ अनि
कर्मले ‘मेरो’ बोलेको सुन्दा
मैले त शान्ति दिदी तर्किएको देखें काठमाण्डौंमा
मैले त कथित स्वर्गलाई नारकीय देखें काठमाण्डौंमा
मैले त नयाँ नेपाल चाहिएको देखें काठमाण्डौंमा

चोनाङ राई
कक्षा १०
बुढानिलकण्ठ स्कुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *