जिन्दगीभर सधैभरि, रुवाएरै किन छोड्यौ
बाचाकसम खाएका ती, तुहाएरै किन छोड्यौ
आँशु पुछ्ने कोही छैनन्, अज्ञात छन् सबैजसो
थोपा-थोपा गर्दै सारा, चुहाएरै किन छोड्यौ
स्पर्स बिनाको प्रेमलाई, साचो ठान्थे धेरैले
धकेला धकेल पारि, छुवाएरै किन छोड्यौ
चर्केको हृदय सायद, जम्न निकै गार्हॊ हुन्छ
भित्रभित्रै प्रतिघातले, कुहाएरै किन छोड्यौ
धिक्कार छ तिमीलाई, अनाहकमा लुटी गयौ
बिषलाई अमृत भन्दै, खुवाएरै किन छोड्यौ
दिवाकर भट्टराई
दमौली, तनहुँ
