Skip to content


समयको किनारा
नछोई बग्छे-
हुम्ला कर्नाली

ऊ आफ्ना यायावर मनहरुले
धाँजा फाटेको धर्तीलाई
छुन पाउँदिन
अनि
अनुभूत गर्छु – म माटोपीडा :
असमयको

राष्ट्रिय प्राथमिक विद्यालय
आफ्नो परिचयको
अनुहार छोपेर-
अपरिचयको विवश हाँसो
हाँसिरहन्छ

यो देश उठ्न सक्तैन –
नानीहरुको हत्केलामा
अनि
अपरिचयमा परिणत हुन्छ -त्यो
ईश्वरसितको परिचय

प्रयोगै प्रयोगले थिलथिलिएका
फ्लास्कहरुमा
अपरिचयको नुनिलो
आँसु उम्लन्छ

परावैजनी आस्थाहरुले अभिशापित
प्रयोगशालामा –
कुमालकोटिका सुखहरुको
बारुद फुल्दछ
अनि
म सोच्छु र सोचिरहन्छु –
बरै !
कत्ति फरक हुँदो रहेछ :
बारुद फुल्नु र बेलाउँती फुल्नुमा

अपरिचयको सायनाइड’ सुँघेर
सपना मर्छ यो
सामरिक स्वार्थको
स्याउली बजारमा

उता कविताको गाउँमा सबेरै
गणतन्त्र सुँघेर
मेलो ब्युँझन्छ
अनि
दु:खै दु:खको लिसेटाँगोमा
टुटिलो उठेका मनहरु
झुण्डिरहन्छन्

चोरहरुको शिरको किरीट
टलक्क टल्कन्छ – सम्झाएर
महान् मृगतृष्णा

मैले पार गरेका कैंयौं कोस बाटाहरुमा
म भेट्न सक्तिन : कोसेढुंगा
अनि म
अपरिचयको अनिश्चित यात्रामा
हिंडिरहन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *