यो सडक तातेको छ र सदन तातेको छ
र निर्वाचन आयोगको त्यो भवन तातेको छ
मङ्सिरमा चुनाव हुन्छ दम भएसँगै लडौ
पक्कै हार्छ प्रचण्डले भन्दै गगन तातेको छ
लोकतन्त्र खतरामा छ भ्रष्ट नेता भन्दै थिए
ज्ञानेन्द्र नि घुम्दै छन् रे निर्वाचन तातेको छ
बैशसँग पैसा साट्ने रातका ती रानीबाट
बसपार्क नयाँ सडक र असन तातेको छ
जान्नेहरू गम्किन्छन् नजान्नेहरू चम्किन्छन्
यतीबेला गजलमा यस्तै कथन तातेको छ
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
