निस्लोट प्रतोलिको छातिमा
अमावश्य काल रात्री
बिचारका झारमौरा फ्याँकेर समय
१२० को गती मा दौडी रहेछ,
आसपास का बाटे मैनबत्ति को
धिमा रोशनि मलाई कम लाग्छ
जलाएर मन को आँखा
प….र सम्म हेर्न खोज्छु,
आपसोच अदृस्य भएका छन
बाटा हरु, गन्तब्य शुन्य शुन्य छ
बालुवा का आँधी हरु ले नेत्र बिहिन
झैँ महसुस हुन्छ,
ठिक त्यस्तै
समय को गती उस्तै , जिन्दगि छोटिएको पत्तो नहुने
आवस्कता पहाड र आम्दामी तिल,
यो खाडल
न तिल पहाड हुन्छ न पहाड नै तिल
मानिश यो खाडल पुर्न भरमग्दुर लागि रहेछ
एउटा अधुरो सपना
एउटा अपुर्ण जिन्दगी सँधै भरी
तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमि को छाती साउदी अरब
