Skip to content

के माग्छौ परिचय, वेघर दुखी सँग

के माग्छौ परिचय, वेघर दुखी सँग
के काट्न सकौलि र , सफर दुखी सँग

अतृप्त इच्छा होलान तिम्रो मन भरि
किन्ने धन् नहोला नि , जहर दुखी सँग

के कुराको अपेक्ष्या छ त्यो थाह छैन
केवल पाउने छौ , थर दुखी सँग

आँसुले भिजेको छ पल्ला सिरानीको
के सोध्छौ नयाँ नयाँ, खबर दुखी सँग

तोयानाथ पौडेल
सँखुवासभा-तामाफोक ८
हाल मरुभूमि को छाती साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *