Skip to content

गौतम बुद्ध (कविता)


गौतम बुद्ध माथि महिमा गाउनेहरू
हिंसा प्रेमी भएका छन्,
अशान्ति फैलाउछन यहाँ,
जाली, फटाहा भएका छन ।
त्यसैले,
भेडाको खोल ओडेर ब्वासोंहरू
जताततै सिकारको खोजमा निस्केकाहरू !
खबरदार,
बुद्धको नाम अर्जपेर चोखिने चेष्ट नगर ।
बुद्धको पवित्र नामलाई,
अपवित्र नबनाउ
किनकि,
तिम्रो कार्यले बुद्धलाई अपवित्र बनाउने छ ।
जो,
सयौ वर्षदेखि शान्तिको दुत भनेर,
संसारभर नै चिनिएको छ ।

गौतम बुद्ध माथि शिर्षक राखेर लेख्नेहरू,
पहिला बुद्धको अनुशरण गरेर मात्र लेख्ने गर ।
नत्र,
आफै दया, मायाँ नहुनेहरू,
लोभ, लालच गर्ने स्वार्थीहरू,
बुद्धको बारेमा लेख्नुको कुनै तुक छैन ।
समाजमा सल्लाह सुझाव दिएर केही हुने छैन ।
यसले बुद्द्त्वको अपमान मात्र हुनेछ,
किनकि,
यो तिम्रो लेखनले,
बुद्धको दर्शनलाई आघात पुग्नेछ ।
त्यसैले,
बुद्धको बारेमा बोल्न र लेख्न अघि
आफूलाई चिन,
आफ्नो आत्मालाई सोध,
दया, मायाँमा विश्वास गर,
लोभ, लालचलाई हृदयबाट निकाली देऊ
त्याग र समर्पणलाई अंगाली देऊ ।
अन्यथा,
तिमीले बोलेको, लेखेको कुराले,
बुद्ध अपहेलित हुनेछ,
समाजलाई प्रदुषित मात्र पार्नेछ,
समाजलाई कलंकित मात्र गर्नेछ ।

– राजारानी धनकुटा,
हाल, न्यु योर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *