…………..
लमतन्न मृतात्मा
हेरेर सिकुवामा
आमा मुर्छित ,छिन
दिनदहाडै निशाचर डुलिरहेछ
गाँऊ गाँऊ ,
डर को हुईया फैलाएर
आमा अर्ध मृत छिन,
रगत पसिना बगाएर हुर्काएको सन्तान
लुछाचुँडी छ स्याल हरुको
तुलसीको समि हैन गिद्दे छाँया छ बुख्याँचा हरुको
कम्पित स्वर सुनिन्छ आमा को
यसलाई दफन गरिदेओ….
एक हुल बुख्याँचा को आगमन हुन्छ ,
सहानुभुती का झटाराले
“सहिद भयो तपाईको छोरा”
आमा सुन्दिनन् केही
लाग्छीन बिस्तारै नसकी नसकी
बोकेर छोराको लास
मशान घाट तिर
जेसुकै समुह को होस
आमाको लागि त्यो छोरो बाहेक केहि होईन
मरेर शहिद भएको भन्दा
बाँचेर गरिब भएको हेर्न चाहान्छिन आमा
तोयानाथ पौडेल
सँखुवा सभा
हाल मरुभुमिको छाती बाट
