Skip to content


जिन्दगी
अब एउटा इनबक्स
दिनहु आउने कैयन् इमेलहरू
परििचत/अपरििचत ठेगानाबाट
वाञ्छित/अवाञ्छित प्रवेशको चाहनासग
आकर्ष/भद्दा शीर्षकहरूमा
सम्मोहित अनि दिग्भ्रमित बनाउदै छन् ।
मीठो सपनाको लोभमा
पहिल्याउ”दै सुदूूर
आफ्नाबाट टाढा एउटा भोगाइ
तर, यो भोगाइ, मात्र अन्तहीन ।
सङ्क्रमणबाट त्रस्त जिन्दगीबाट
भाइरस डिलिट गर्न खोज्यो
विडम्बना
जानकारीबिनाको कोही आफ्नै
थुप्रै स्पामहरूभित्र हराउ”छ,
अपराधबोध/गल्ती सच्चिन
फेर िएकपल्ट ब्याक । ब्याक… एउटा मौका
पेज क्यानट बी डिस्प्लेड
आफ्नैअगाडि आफ्नो वर्तमान
किन, कसरी, कोबाट कतिबेला सङ्क्रमित हुनपुग्ने हो
मरीचिकाको परण्िाति शून्य
नचाहदा पनि थेग्न नसकिने थुप्रै जङ्क मेलहरू
अस्तित्वमा अनधिकृत हस्तक्षेपस”ग
जिन्दगीको शान्त तलाउमा
ढुङ्गा फालेर भाइरस फैलाउ”दै छन् ।
र्एलर्ट
आफ्नो र परायबीच
सचेत हुने मौकै नदिई
इनबक्सभित्र ह्वात्तै खोलिन पुग्छ
एउटा अर्को इन्फेक्टेड जङ्क मेल
इच्छाहरू पङ्गु भएका छन्
र, जिन्दगी फेर िएकपल्ट ह्याङ् भएको छ ।

नेपाल साप्ताहिक ३१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *