Skip to content

भट्टीमा बस्नेलाई


भट्टीमा बस्नेलाई विद्वान भन्दैनन् कसैले
जँडिया नै भन्छन महान भन्दैनन् कसैले ।

हजार हालेर दानको पेटीमा करोड माग्छन
तँलाई कस्तो छ भगवान भन्दैनन् कसैले ।

खोजिन्छ पहिचान ऊ जात अनि कु जातमा
नेपाल आमाका सन्तान भन्दैनन् कसैले ।

सत्ता छ हातमा यो देश बेचेरै खानुस् लौ
बिकेछ नेताको इमान भन्दैनन् कसैले ।

सित्तैमा दिनभर गजल सुनाउछ ‘गाउँले ‘
कसरी जल्छ तेरो ओदान भन्दैनन् कसैले ।

जीतु खड्का गाउँले
मोरङ्ग उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *