Skip to content

अर्कै माया रोज्यौ तिम्ले ( गजल गीत )

अर्कै माया रोज्यौ तिम्ले
=============
बाटो एकै हिंडौं भन्दा
अर्कै बाटो खोज्यौ तिम्ले
मायाँ हाम्रो साटौं भन्दा
अर्कै माया रोज्यौ तिम्ले

विगतमा मायाँ संग
बिताएका ति पल हरु
सम्झनाको भकारीमा
राखी सकें अब मैले

यो मुहारमा फूल फुल्दा
वर् पिपल बिर्स्यौ तिम्ले
चौतारीमा बसौं भन्दा
फुर्सद छैन भन्यौ तिम्ले

एक्लै थिएँ एक्लै नै छु
एक्लै जिउने सोचें मैले
मन भित्र मायाँ साँची
एक्लै मर्ने सोचें मैले

तिमी खुसी रमाउनु
दुख : कहिल्यै नपरोस है
दुख : जति मलाई दिई
सुख सधैं साथ् लिनु

विरहको आँशु झर्दा
क्षितिज छोडी गयौ तिम्ले
बाटो एकै हिंडौं भन्दा
अर्कै बाटो रोज्यौ तिम्ले !!
=============

1 thought on “अर्कै माया रोज्यौ तिम्ले ( गजल गीत )”

  1. आहा कति राम्रो कविता !
    आहा कति राम्रो कविता !

Leave a Reply

Your email address will not be published. Required fields are marked *