लजालु अधरको बहार अनौठो
नसालु नजरको प्रहार अनौठो
जूनलाई चुनौती दिने त्यो चेहरा
मुसुक्क मुस्कानको उपहार अनौठो
देउतै बसेका छन कि त्यो बोलीमा
जे बोल्यो हो लाग्ने पत्त्यार अनौठो
संगीतमय छ उसैको आगमन
झन्किन्छ दिलमा गितार अनौठो
ऊ बिना ज्युनुको के अर्थ जिन्दगी
लाग्छ यो जीवनको आधार अनौठो
