घरले जा जा र बनले आइज आइज भन्ने बेलामा
आसुका धारा खसाउदै तिम्री आमा धाउदैछु मेलामा
सात भाइ छोरा पाए खुशीले रमाए
बनी बुथो गरेर मुस्किल्ले हुर्काए
सुख र शान्ति पाउने
मिठो सपना सजाए
तर
सबै छोराहरू बिदेशतिर लागे
पखेटा लागेका बचेँराले गूड् छोडेर उडे जस्तै
आखिर बनाई छोडे म कुरुप आमालाई
चौतारीको एक्लो बर जस्तै
जेठो माइलो साइलो र काइलो गए कतार
अन्तरे जन्तरे र कान्छालाई बिदेशिनकै हतार
गए … गए … गए ….
सबै छोराहरू पर्देशी भए
झिनु आशा हृदयको कुनामा सजाए
त्यो आशा तुरुन्तै निराशामा बादलिएको पाए
रातभरि निद्रा लागेन
बिहानी पख झापाक्क निदाए सपना बिग्रियो
बिहान सबेरै अचानक
कतारबाट नराम्रो समाचार आयो
कान्छो छोराले लड्दा बच्ने सामाग्री प्रयोग नगर्नाले
बिल्डिङ्बाट लडेर ज्यान गुमायोरे
माइलाले रातो बत्तीमा बाटो काट्दा गाडीको ठक्कर्ले
ज्यान गयोरे
अन्तरे जन्तरेले दाजु भाइ गुमाएको शोकले
कुन चिज हो त्यो श्रीलंके र खजुर्बुटे खाएरे
बेलुका सुतेका बिहान हेर्दा सुतेका सुतै भएरे
मुटुमा झिरले रोपेझै भयो
आसु बर्सिए बलिन्द्र धारा
सकिन थाम्न छोरा गुमाएको पीडा
ढले पृथ्वीमा अन्धकार भो सारा
त्यसैले
यो सन्देश छ छोरा छोरीहरूलाई
रातो बत्तीमा बाटो नकाट्नु
उचाइमा कामगर्दा लड्दा बच्ने सामाग्री प्रयोग गर्नु
खजुर्बुटे, श्रीलंके कहिलै नखानु
गर्मी मौसममा पानी धेरै पिउनु
एक आपसमा दु:ख सुख बाडेर जिउनु
आफ्नु शरीर या शरीरका कुनै पनि अङ्ग नगुमाउनु
जस्तो हृस्ट पुस्ट गएका थियौ
त्यस्तै तिमी चाडो घर फर्की आउनु
यही खनी खोस्री गरेर खाउला
आमा छोरा सगसँगै रमाउला ।
आमा छोरा सगसँगै रमाउला ।।
प्रेम प्रसाद भट्टराई
09/07/2013 दोहा कतार
