कसैको बगैचामा फुल्न नसकेको
कसैको सिरमा पनि झुल्न नसकेको
न कसैको प्रेम प्रस्ताबमा प्रयोगमा आएको
यो सुन्दर संसारमा फुलेको
तर, स्याहार संहारको अभावमा तड्पेको
बेमौसमा पनि फुल्न सक्ने म,
मात्र नेताजीको गलामा पहिरन खोजी गरिएको
एउता फूल हुँ मं ..
विवाह पार्टी कतै पनि प्रयोगमा आउनै नसकेको
दुई चार वटा मौरीको स्पर्शसम्म पनि नपाएको
जिन्दगी बाचेर पनि बाच्न नसकेको
झरी बादलवाट प्रताडित नै भए पनि
बाच्ने हिम्मत चाहि मारि नसकेको
एउटा फूल हुँ म ..
बाटोमुनि कतै झाडीमा फूले पनि
घसियाहरूको हसियावाट जोगिनसम्म पाएको
कही कतैबाट कसैको आँखा नपरेको हुन सक्ने विश्वासमा
अनि, कुनै दिन कसैको शिरमा सजिन सक्ने आशामा
केबल,
आशाको सानो त्यान्द्रोमा अडिएर
सुन्दर भविश्यको कल्पनामा बांचिरहेको
सृष्टिको सुन्दर रचना
एउटा फूल हुँ म ।

sahi xa hau pasa ji
sahi xa hau pasa ji