ए हजुर मत खासमा छु ।
मायालुको बाहुपासमा छु ।
जीवनमा खुशी आउँछ कि,
रमाईलो यही आशमा छु ।
समय अनुकुल छ अहिले,
प्रियतमकै सहवासमा छु ।
सुन्य छ मन मस्तिष्क,
अचेत जीउँदो लासमा छु ।
मन बदल्न के बेर यहाँ
अँझैपनि त्रासै त्रासमा छु ।
copyright @ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०३-२७-२:४० बजे बिहीवार
