Skip to content

मेरो जीवनको मधुमास तिमी

Mohan bIhani01

गजल
<><><><><><><>< अध्याँरो रातको प्रकाश तिमी मेरो जीवनको मधुमास तिमी //१// अनेकौ फूलहरु भएनी बागमा सुगन्ध भित्रको सुवास तिमी //२// घाम र जूनलाई सोध्नु पर्दैन मेरो संसारको आकाश तिमी //३// जीवन मृत्यू बिच संघर्ष चल्दा जिन्दगी जिउनुको आभाष तिमी //४// बन्धक भएन मेरो यो दुनियाँ 'बिहानी'को खास ईतिहास तिमी //५// copyright मोहन बिहानी भक्तिपुर सात सर्लाही २०७०-०४-०८ मंगलबार ७ बजे बिहान

Leave a Reply

Your email address will not be published. Required fields are marked *