चर्को घाममा दिनहू, हिड्न मुस्किल छ
प्रकृतिसँग जो-कोही, भिड्न मुस्किल छ
आखिर कसले बुझ्छ, मनको मर्मलाई यहाँ
साथ खोज्न छट्पटाउदै, उड्न मुस्किल छ
सपनाहरू टुटाउने निर्दयी, सहरमा के छ
अनाहक घरबार बिगार्ने, जहरमा के छ
जनताको भलो चिताउने, कोही पाइदैन
निमुखाको आशा नकार्ने, रहरमा के छ ।
दिवाकर भट्टराई
दमौली एफ एम, तनहुँ
