Skip to content

गोली हान्न आउँदैछु

गजल

भ्रस्ट चारी घुस्खोरिको मुटु तान्न आउँदैछु
देश द्रोही नेतालाई गोली हान्न आउँदैछु

बिदेशीको गुलामी भै झुट्टो बोल्ने नेता तिम्रो
जिब्रो झिकी तताएको तेल्मा झान्न आउँदैछु

कालापानी दशगजा टनक्पुर समेटेर
बिकासको ढोका खोल्ने नेता छान्न आउँदैछु

बिजुलि र बाटो पुल बनाउने बाहानामा
कती गारौ भ्रस्टचार सबै जान्न आउँदैछु

शाहीदकी आमा सधैं साथ दिन तिमीलाई
यो “प्रेमले” दिलै बाट आमा मान्न आउँदैछु

प्रेम प्रसाद भट्टराई
खोटाङ
हाल दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *