Skip to content

गजल (बियोगान्त)

KhadkaKuwar


झुक्किएर दोबाटोमा आँखा जुधे फेरि पनि
नरिसाउ है अतितको दुखाईको भुल हो भनी

सँगै थियौ फेरि किन क्षितिजपरि जस्तो भयौ
जब गयौ हात समाई मुस्कुराउदै पराई बनी

यस्तै रैछ भाग्य हाम्रो किनार भयौ दुई खोलिको,
तिम्लाई त्यागि हास्दै बाँच्न कसरी सक्छु र मनी

देखाएर बाचेको छु सबै सामु खुशी जस्तै,
मनभित्र बसेको छु अन्त्यस्टिको दिन गनी

कयौ पटक मरेको छु धड्कन जिउदो भएर नि,
बिन्ती गर्छु अब आउँदा जानु मेरो चिहान खनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *