मानसिक रोगिको उपचार कसरी गर्छौ र ? तिम्रो उपचार पद्धती ससक्त छ होला र बिहानै देखिनै तिम्रो क्लिनिकमा बिरामी भरिएका हुन्छन भुईलो जुङा हल्लाउदै जेनुस मतिर प्रश्न बाचक नजर ले हेर्छ ।
मनिसको मस्तिस्कमा कुनै गलत मेमेरी बार बार आउने कारणले मानिस मानसिक रोगी हुने गर्दछन । म कम्प्युटर को मध्यमले त्यो गलत मेमोरिलाई उसको मस्तिस्कबाट डिलिट गर्छु । यो उपचार पद्धतिमा गलत मेमोरिलाई कम्प्युटरमा चिन्ने खुबिले गर्दा म कहाँ बिरामी खचाखच भरिएका हुन्छन म सहज रुपम जवाफ फर्काउँछु ।
त्योसो हो भने यस्तो मेमोरी जस्ले मनिसलाई राम्रो काम मात्र गर्न अभिप्रेरित गरोस के त्यस्तो मेमोरी मनिसको दिमाग राखिदिन पनि सकिन्छ होला नि?
जेनुसको यो प्रश्न ले मेरो दिमागमा बिजुली चम्के झैं हुन्छ । कृतिम मेमोरी कसरी बनाउने यो प्रोजेक्ट अहिले नै सुरु गरिहाल्न पाए हुन्थ्यो झैं हुन्छ ।
जेनुसले कुममा ठेले पछि पछी झसँग हुन्छु । “यो मानसिक रोगिको सँगत गर्दा गर्दा अफै मानसिक रोगी भैसकेछ ।”
चन्द्रमामा घुम्न जाने भए ड्याडिले एउटा घर चन्द्रमामा पनि बनाउनु भएको रहेछ । केहिदिन यो पृथिबिको भिडभाडबाटबाट टाढा चन्द्रमामा बिताउन चाहन्छु । अहिले चन्द्रमामा बिकास भर्खरै सुरु भएकोले होला चन्द्रमा पृथिविको ५०० बर्ष पहिला जस्तो छ रे । तिमीलाई पनि जाने इच्छा छ भने केही दिन उतै गएर विताएर आउँ /
मलाई चिढाउन जेनुसले ” मानसिक रोगीको संगत …..गर्दा” भने पनि मेरो प्रोजेक्टको पहिलो प्रस्नको उत्तर दिई रहेको थियो / म प्रोजेक्टको लागि मानिसको मेमोरी र कम्प्युटरको मेमोरीको समानता खोजिरहेको थिए /
जेनुसले चिढाउन गरेको कुराले कम्प्युटर र मानिसको मेमोरीको समानता पनि भेटिहाले . मानिस संगतले गर्दा पढेर, देखेर, सुनेर , डेटाहरु उसको मेमोरीको रुपमा उसको मस्तिस्कमा बसेको हुन्छ / अनि कसो गर्दा के गर्ने त्यहि संचित मेमोरीको आधारमा कार्य गर्छ / त्यो मेमोरीमा भएका संचित डेटा बाहेक मानिसले कुनै नौलो कार्य गर्न सक्दैन /
कम्प्युटरमा पनि के गर्दा कसो गर्ने भनेर प्रोग्रामिंगको मध्यम बाट कृतिम मेमोरी पहिले नै राखिएको हुन्छ र त्यस बाहेकका कुनै अरु काम कम्प्युटरले पनि गर्न सक्दैन /
त्यस किसिमको कृतिम मेमोरी जसले मासिहरु पढ्दै नपढी दक्ष हुन सकुन । यो बनाउन चानचुने कुरा थिएन । कुनै दक्ष डाक्टरको दिमागमा भएको डेटा निकालेर अर्को व्यक्तिमा राख्दा अर्को व्यक्ति पनि जसको दिमागबाट डेटा निकालिएको हो उसका छोरा छोरी, श्रीमती आफ्नै झैं ब्यबहार गर्न सक्थ्यो ।
यो चुनौतिपूर्ण कार्य गर्नकोलागि कम्प्युटर रिडेबल डेटालाई मान्छेले पढ्न सकिनेमा रुपमान्तरण गरी उसका त्यस्तो किसिमको मेमोरी जसले आफन्त नाता गोताको बारेमा रहेको डेटा कम्प्युटरको माध्यमबाट डिलिट गरे पश्चात मात्र कृतिम मेमोरी तयार हुने गर्दथ्यो । जुन बर्षौको मेहेनेत पछि तयार भयो ।
आ–आफ्नो पेशमा विशिष्टता हासिल गरेका व्यक्तिहरुको मस्तिष्कको डेटालाई छानेर नचाहिने डेटाहरु डिलिट गरेर विभिन्न दक्ष मेमोरि सिडिहरु तयार भयो ।
कुनै “दक्ष डक्टर मेमोरि सिडि”, कुनै “दक्ष इन्जिनियर मेमोरि सिडि” एवं प्रकारले प्रमुख पेशाहरुदेखि लिएर “दक्ष लेवर सिडि” जसको डेटा मानिसको मस्तिष्कमा राख्नासाथ त्यो व्यक्ति ति दक्ष व्यक्तिहरु जत्तिकै दक्ष हुने कुरामा कुनै दुई मत थिएन ।
सफल प्रयोगपछि जता ततै दक्ष व्यक्तिहरु देखिन थाले । यसले विश्वभर ठूलै क्रान्ति ल्याइदियो । सबैले नपढेरै पनि दक्ष हुने अचुक मन्त्र पाएका थिए । विश्वका करिव ८०–९० प्रतिशतले यो “दक्ष मेमोरि सिडिको डेटाहरु आफ्नो दिमागमा राखि सकेका थिए ।
____
भब्य समारोह थियो, मलाई भगवानै जत्तिको मानेर नयाँ आविश्कार ko barema mantabya दिन लगाइयो ।
“………………..यो मेमोरी कुनै नयाँ आविस्कार हैन यसको उपयोग सदियौं देखि भैंरहेको छ । केवल माध्यम र तरिका मात्र नौलो हो । भगवानहरुको पालामा बर्षौ तपस्या गरेपश्चात भगवानहरुले तपस्विको कानमा मन्त्र उच्चारण गरिदिएपछि त्यस्तो किसिमको दक्ष मेमोरी उसको मस्तिष्कमा बस्ने गर्दथ्यो र कुनै विशेष कुरामा दक्ष हुने गर्दथ्यो ।
५०० वर्षअघि पृथ्वीमा नेताहरुले भाषणको माध्यमबाट कार्यकर्ताको कानमा मेमोरि भरिदिने गर्दथे । त्यसैले नेताले जे भन्यो कार्यकताले पनि उसै गर्दथे । फरक यतिमात्र हो मैले कम्युटरको माध्यमबाट मानिसहरुलाई “दक्ष मेमोरि डेटा” राखिदिएर दक्ष बनाइदिएको छु । यसमा नौलो केही पनि छैन………..” मेरो मन्तव्य सकियो । तालिको गडगडाहटले स्वागत गरियो । मन्द मुस्कान सहित भिडले बधाई दिइरहेका थिए ।
“तपाईको आविस्कारले सबै खुसी देखिन्छन ड्याडि, तपाईले पढ्नै नपर्ने बनाइदिनु भयो । नपढेरनै सबै उत्तिकै दक्ष छन् तर अब तपाईले जसरीनै नयाँ आविस्कार कसले गर्छ नी । “कोही त नयाँ कुरा सिकेर सिकाउने पनि त हुनु प¥यो नि । त्यसको लागि त पुराना कुराको अध्ययन र नयाँ कुराको अनुसन्धान हुनु पर्छ यसको लागि त अध्ययन त हुनै प¥यो नि हैन र नत्र अहिलेको युगको दक्ष मात्र वर्षौ सम्म सिमित त हुँदैन । तपाईंको आविश्कारले अरु हुने नयाँ आविश्कारलाई त रोकेको छैन, समय वर्षौ पछिसम्म पनि अगाडि नबढेर यही युगमै सिमित रहने त हैन” मेरो आफ्नै छोराले निन्याउरो मुख पारेर जिज्ञासा राख्यो ।
बधाइ दिनेहरु दिइरहेका थिए । मलाई भने छोराको जिज्ञासाले चटचटी पसिना निस्किरहेको कसैले देखेका थिएनन् ।
समय रोकिनलाई अगाडि बढीसकेको थियो । म चाहेर पनि यो समयलाई रोक्न नसक्ने अवस्थामा थिए ।
November 19, 2012
– मनोज बोहरा
भक्तिपुर–७, सर्लाही
हालः काठमाडौं

contact address
सम्पादकजी,
यस साइटमा प्रकाशित लेख-रचनाकारहरूसँग कसैले सम्पर्क राख्न चाहे राख्न सकोस् भनेर लेखकको इमेल ठेगाना दिएमा केही बेस हुन्थ्यो कि ?
कृष्ण श्रेष्ठ