माछा बनायौ पानी बिनाको
आँखा बनायौ नानी बिनाको
के गाता हाल्नु अब बेकारमा
पुस्तक बनायौ कहानी बिनाको
हुर्कायौ मायाको कोपिला अनि
फूल बनायौ जवानी बिनाको
बिरक्तिएको छु घारमा एक्लै
मौरी बनायौ रानी बिनाको
डढाई प्रीतिको अस्तु सेलायौ
र, चिता बनायौ खरानी बिनाको
