मौनतामा सर्वस्व गुमाउनु
उनको आफ्नै विषेशता हो रे
कुन्ठित परिवेशभित्र जिन्दगी हराउनु
उनको सच्चा आदर्श रे
मुटुको टुक्रा जस्ले दिन्छिन
बलात्कारको शिकार उनी आफै रे
धर्तीको माटो जसले फुलाउछिन
सृष्टिको पच्छौटे त उनी पो अरे
बाँच्नुमा उनको नैसर्गीयता छैन रे
बाँचिनुमा नै उनको जीवनरस छ रे
रम्नु त उनको नैतिकता हैन रे
रमिनुमा नै उनको जीवनरस छ रे

भएन पद्य कविता
पद्य कविताको स्थानमा गद्य देखेर मलाइ अलिक झस्का लाग्यो