बिरानो भयो प्यारो घर कुबाटोमा लागेको मनसँगै
भासिदैछन् पाइलाहरू हडबडाएको तनसँगै
ढुङ्गाको भर माटो भन्थे बढार्यो माटो हुरीले
एक्लो ठान्छ विचरो करोडौँको जनसँगै
धनीहरू मोज गर्छन् गरिबको पसिनामा
विचारहरू भ्रष्ट भए विलासिएको धनसँगै
तौलिँदैछ मान्छे आफूलाई दुनियाभरि
भुलाउँदैछ आदर्शलाई विनोदी जीवनसँगै
बलिया बाङ्गा दौडिसके अन्धा अपाङ्ग कुवामा
रुमलिन्छन् कमजोरहरू अन्धकारको पवनसँगै
