बिदेशिनु पर्या छ घरको खाँचो टार्न भनी
आफू दुख गरेरै अरु खुसी पार्न भनी
जिउ भरि पसिना पिठ्यु भरि निलडाम
लागेको छु पेलिँदै केही खालो सार्न भनी
स्वदेश मै कमाउनु रे नङ्ग्रा खियाएर
बारी छैन जाउँ त भन्दा गोरु नार्न भनी
यथा सक्य नहुँदो नगर्न त खोज्छु तर
सबै भन्छन् तोयाले आँट्यो बिगार्न भनी
तोयानाथ पौडेल
संखुवासभा
हाल- मरुभूमिको छातीबाट
