रातहरू दिन जस्तै आँखा खोली भिजाइ दियौ
चम्किलो भई चट्यांग जस्तो मुटु भित्र बज्रिए थ्यौ
झुक्किएछु चट्यांग हो कि उज्यालो त्यो थाहै पाइन्
तिमी सायद पत्थर होला मान्छे भए यस्तो हुन्न
पत्थर पनि यति पुज्दा दया जागी उठ्थ्यो होला
फूल सम्झी मायालाई दया गरें सजाई राखे
निष्ठुरी त्यो काँढा बन्यो मुटु छेड़ी अन्तै झर्यो
कसमहरू ती बाचाका विश्वास घात गरिदियौ !!
यो मायाँलाई बिस्कुन बनाई सुकाई दियौ पिंढी आगन
यो चाहलाई शित बनाई बगाई दियौ खोला किनार
आकाश त्यो क्षितिज पारि सीमा देखाई गोधुलिमा
रातहरू पस्की दियौ यो मनको भकारीमा
बाटो हिडु अन्धकारभो लौरो बत्ती केही छैन
ठेस लागि लडिने भो गोरेटो र त्यो भिरमा
सीमाहरू मायालुका तोडी दियौ भत्काई दियौ
कसमहरू ती बाचाका विश्वासघात गरिदियौ !!
srdhakal
