नयाँ नयाँ खेल्दैछन खेल नयाँ नेपालमा
उही उस्तै छ हेर जाल झेल नयाँ नेपालमा
कोही तराई मेरो भन्छन हिमाल, कोही पहाड मेरो
नहुने पो हो कि सबको मेल नयाँ नेपालमा
बेईमानी र बदमासिकै छ यहाँ मान सम्मान
सोझा साझा पर्छन कठै जेल नयाँ नेपालमा
मात्र फरक शैली यहाँ जहाँ जस्ले जेगरे नि
सधैं बन्द हडताल हुन्छ अचेल नयाँ नेपालमा
लड्दैछन अँझै यहाँ यो तेरो मेरो भनी
उर्लिदै छ खहरेको भेल नयाँ नेपालमा
मान्छे उही शासन उही भयो भन्छन देश नयाँ
छिमेकीले कुदाउछन कि रेल नयाँ नेपालमा
