Skip to content

गजल (पोख्यौ आँशु बिदाइमा)


पोख्यौ आँशु बिदाइमा सगुन थिए मेरा
छरिएछन् कठैबरी ! बिस्कुन थिए मेरा

के भयो खै बोल्दिनौ रे बिछोड भएदेखि
संगीतका सातै सुर त्यै धुन थिए मेरा

तिमी रुदा कहाँ हुन्छन् ओभाना यी आँखाहरू
अनायासै झरे आँशु मनसुन थिए मेरा

मृगतृष्णा जस्तै भयो मधुरो यो नयन
निरीह भए समदृष्‍टि अर्जुन थिए मेरा

आतुर छन् कान मेरा तिम्रै आवाज सुन्न
चिच्याएका शब्द पनि करुण थिए मेरा

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *