मेरो साथ छाड्यौ अनि उस्को हात समाएर गइहाल्यौ
पराई डोली चड्यौ अनि मनमनै रमाएर गइहाल्यौ
सुख पनि दुःख पनि आधा आधा भाग लाउँला भन्थें
खुशी पोको पार्यौ अनि ब्यथै-ब्यथा थमाएर गइहाल्यौ
गरिबिको भुमरिमा म त यसै गुमनाम भएँ
धनिमानी रोज्यौ अनि आफू नाम कमाएर गइहाल्यौ
दुखियाको छातीभित्र पलाएको चोखो पिरतीमा
खेलवाड गर्यौ अनि अन्तै डेरा जमाएर गइहाल्यौ
