Skip to content

राँके जुलुस

Raake-julus-ktm-1


पर्ख,
म आउँदै छु
म विलीन भएको दृश्य बोकी
ती हल्लाहरू र बितिश्णाहरू,
तिम्रा घात प्रतिघातहरू बोकी
मनमा ड्याङ्ग्रो ठोक्किन्छ
ती मैला फोहोरी दिनहरूले
स्वास मुट्ठिएर जान्छ
फर्किनै न सक्ने गरी
जीवित छन् मुटुमा
असीमित घाउहरू पनि
एक्लो परे हुँला,
त्यति खेर तिम्रै जित भयो
समयसँगै बेदनाहरू
लोप हुन् छाडी बिकसित भए
बलिष्ठ भएर आउँदै छन
हात हातमा राँको लिएर
तिम्रो मन को मैलो अनि
हाम्रो सिंगो अतित पोल्न
म त फेरि पनि उस्तै छु
लाग्छ,
मेरा बेदनाको राँके जुलुसले
तिमीलाई न भेटाओस
कुनै पीडा न देओस

Leave a Reply

Your email address will not be published. Required fields are marked *