तिमी नाँया उमगं र उत्साह बोकेर
मेरो जीवनमा आउन खोज्छौ
तर मेरो ह्दयको कुना कुना चोटले भरिएको छ
मलाई तिमीले नया सारर्थीको रुपमा अगांलन खोज्छै
तर मेरा ह्दयका तरगहरु घाईते भएको छ
तिमी मेरो साथ लिएर नया शिखर चढने कल्पना गरिरहेका छौ
तर मेरो कल्पनामा अतितको घाउहरुले घेरेको छ
हो मेरो ह्दयको कुना कुना चोटले भरिएको छ
मैले तिम्रो सदभावलाई आत्मा साथ गरेको छु
तिमीले देखाएको प्रेमीत्वलाई सोच्न थालेको छु
मेरो ह्दयमा घृणा र तिस्कारले भरिएको छ
हो तिमी र तिम्रो नया उमगं संग रमन सक्दिन
मलाई एकलोपन र विरक्ता संग खेल्न मन लागको छ
प्रेम दिदा पाएको आसुसंग नै मित लाउन चाहेको छ
तिमी नआउ सामु मेरो सामु डुवने जीवन तिम्रो
मेरा ह्दयका कुना कुना चोटले भरिएको छ
प्रेमको शिखर बनाउने चाहानामा मैले
जीवनका सवै रसहरु समपर्ण गरेको थिए
पहिलो हात समाएकी प्रियसीकै काखमा बसेर
मेरो ह्दयको भावलाई तिनको ह्दयलाई साथ दिएको थिए
तर मेरा ती पलहरु सदा सदाका लागि वेसाहारा भए
प्रेमको बदलामा विछोड , विरह अनि उपहास पाए
त्यसै क्षण देखी मेरो ह्दयमा प्रेम टाढिएको छ
मेरा ह्दयका कुना कुना अतितको वज्रपात खसेको छ
