Skip to content

केही हाइकु (मीठो भाषण)


मीठो भाषण
अमिलो छ विचार
नेपाली नेता

हाम्रो संस्कार
निमन्त्रणा भोजको
ढोकामा ताल्चा

शान्ति सन्देश
पृथ्वी नै हल्लाउने
वमको त्रास

साँघुरो विश्व
मान्छे मान्छेको दूरी
बढ्दै छ आज

वचन मीठो
उपकारी विचार
मन अमिलो

छोरा विदेश
गाउँघर छ रित्तो
भयो दलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *