Skip to content

म भोक रोग ओढेर शोक


-१-
म भोक रोग ओढेर शोक पचाउने देशकी मान्छे
आफू मरेर देश बेच्नेलाई बचाउने देशकी मान्छे
मेरो परिचय न खोज म आवेशमा आउन सक्छु
आफू अग्लिन अनेक लीला रचाउने देशकी मान्छे

-२-
मेरो आदत खराब छ मित्र शत्रु मात्र कमाउँछु
कहाँ जाऊँ आफ्नो देश छोडी मित्र देशमै रमाउँछु
गाँस बास कपास जुटाइ चाडै फर्किने अभिलाषा
दबिएका आवाज बुलन्द पार्न कलम समाउँछु

-३-
कुकर्म गरेपछि शाली नदीमा शरीर धुनुको के अर्थ?
बाँच्ने बहाना सकिएपछि आँसु झारेर रुनुको के अर्थ
मानवले बेलैमा सचेत हुनुपर्छभन्दा पाखुरा सुर्किनेले
याचनाको भीख माग्दै पछुताइ खुट्टा छुनुको के अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *