काँडाले मात्र होइन फूलले पनि घोच्दो रहेछ
घृणाले मात्रा होइन प्रेमले पनि हृदय पोल्दो रहेछ
पराईहरू मात्र होइन आफन्त पनि दुश्मन बन्दोरहेछ
आगोले मात्र होइन अतित र विछोडले पनि छाती पोल्दो रहेछ
थाहै थिएन मलाई फूल पनि धारिलो बन्छ भनेर
प्रेमको सुरुवात नै हृदयको जलन बन्छ भनेर
म त सदैव केवल तर्किरहे काँडालाई देखेर
मरितुल्य बनायो हृदयमा एक पछि अर्काे चोट थपेर
अहमताले अँझै पनि फूल हासिरहे छ
फूलको त्यो धारले हृदय मेरो जलिरहेछ
फूलको त्यो सुभास अब दुर्गन्धमा परिनत भएको छ
जलेको हृदयलाई फेरि दुर्गन्धमा डुवान चाहेको छ
अब तिमा्रे फूलको त्यो धारलाई बुझिसकेको छु
प्रेमको जाल फिजाई हृदय अखण्ड बनाउने खेल देखिसके छु
तिमी मेरो आफन्त होइन कुरुपतालाई चिनिसकेको छु
काँडादेखि होइन अब फूलदेखि सचेत हुन थालेको छु ।
