नेपाल प्रज्ञा प्रतिस्ठान, जुही साहित्यिक त्रैमासिक र रंगेली स्थित आदर्श सेवा क्लब तथा रंगेलीका सामाजिक संघ-सस्थाहरूको सहयोगमा मिति २०७०/०६/०१ गते आयोजना भएको बृहत दर्शन साहित्य सम्मेलन तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री गङ्गा प्र.उप्रेतीको प्रमुख आतिथ्य, प्राज्ञद्वय श्री डाक्टर महादेव अवस्थी र बिष्णु प्रभात, भाषाशास्त्री बालकृष्ण पोखरेल र भिखम चन्द सरल्को बिशेस आतिथ्यमा सम्पन्न कार्य क्रमको सभापतित्व मंगल चन्द अग्रवालले गर्नु भएको थियो ।
कार्यक्रममा जुही ७२औं अंक रंगेली निवासी श्रस्टा केदार सत्याल बिशेसांकको घुम्टीखोली गरिएको थियो भने साहित्यकार मधु पोखरेलद्वारा लिखित स्मृतिका “बिम्बहरू “नामक सस्मरनात्मक निबन्ध संग्रहको समेत घुम्टीखोली गरिएको थियो ।
बिशेसांकित व्यक्ति केदार सत्यालको परिचय देविचरण भण्डारी “सरोज”ले गराउनु भएको थियो । सत्याल दम्पतिलाई उहाका आफन्त सहित सम्मान पनि गरिएको थियो ।
घुम्टीखोली गरिएका कृतिहरूको समीक्षा डा द्रोण पौडेल मधु पोखरेलले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न बिषयका पाँचवटा कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । कार्यपत्र पेस गर्नेहरूमा प्राज्ञ बिष्णु प्रभात (साहित्य दर्शन ;सामान्य अवधारणा), प्राध्यापक होमे सुबेदी (कविता : सृजन र स्वरूप), कोमल प्रसाद पोखरेल (सिर्जनात्मक निबन्ध लेखन), मिश्र बैजन्ती(मोरङको समालोचना)र बिरेन्द्र कुमार साहले रंगेलीमा पब्लिक मा.वि. रंगेलीको योगदान बिसयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत गरिएका कार्यपत्र माथि डाक्टर कपिलदेव लामिछाने, डाक्टर गोपाल भण्डारी, डाक्टर भिम प्रसाद खतिवडा र शिव लम्सालले टिप्पणी गर्नु भएको थियो ।
कवि केदार सत्यालको व्यक्तित्वलाई माथि उठाउन महत्वपुर्ण योगदान गर्नुहुने सात जना व्यक्तित्वलाई पनि सो समारोहमा सम्मान गरिएको थियो । यसरी सम्मानित हुनु हुनेहरूमा विश्व राज पाण्डे, देवी पन्थी, शान्त श्रेष्ठ, दधिराज सुबेदी, भिखम चन्द सरल गङ्गा सुबेदी, लीला अनमोल र खगेंद्रा खुशी हुनु हुन्थ्यो ।
उक्त कार्यक्रममा झापाबाट चुडा मणि रेग्मी-बेद कुमारी रेग्मी डाक्टर द्रोण पौडेल, होम सुबेदी, देविचरण भण्डारी कृष्ण सुबेदी, आरती पोखरेल, खगेंद्रा खुशी, पुन्न्य प्रसाद खरेल, बिजय खरेल, पार्वती खरेल, तेजराज खतिवडा, परशुराम तिम्सिना, हेम अधिकारी, नाराकांत पाण्डे र सुरेस पोखरेल हुनु हुन्थ्यो ।
कार्यक्रमको संचालन कृष्ण सुबेदी “निराकार”, विकर्ण कार्की र दीपेन्द्र थापाले गर्नु भएको थियो भने स्वागत मन्तब्य पुर्व प्रधानाध्यापक सुरेस कुमार मिश्रले गर्नु भएको थियो ।


