Skip to content

घाउमाथि नून छर्कन पनि छाडिनौ


घाउ त दिएर गयौ प्रिय
तर घाउ माथि नून छर्कन पनि छाडिनौ
आखिर जे भने पनि तिम्रै थिए म
तर त्यो पनि बुझेनौ

आगो र समाजालाई साची राखी कसम खायौ प्रिय
तर त्यही समाजमा नग्याउन पनि छाडेनौ
एउटा भाको मुटु पनि दुई किनार बनाउ प्रिय
तर किनारमा बस्ने लायक पनि ठानेनौ

तिम्रा हात थामिरहँदा कति सपना सजाए थिए
तर सपना जस्तै पनिरहन दिएनौ
कस्तो जालमा पारि दियौ प्रिय
समाजको सामु मलाई बाच पनि दिएनौ

हरेक निद्रामा आसुको घुटको पिउने बनाए प्रिय
तर कुनै रात निदाउन दिएनौ
विष त पिलाई छाडि गयौ प्रिय
तर मलाई मर्न सहज बाटो दिएनौ

मैले हिडने बाटोहरू वेईजति भरिदियौ प्रिय
कोही थियो भनेर पनि सोचिनौ
हरेक रात यही छाती तिम्रो काख हुन्थ्यो
कसरी तिमीले अँझै सम्झेनौ

तिमीले हासो त लुटेर गयौ प्रिय
तर कुनै पल पर्केर पनि हेरेनौ
एउटै रात एउटै खाट हुन्थ्यो प्रिय
किन त्यो पनि सोचिनौ

तिम्रो मेरो विचमा केही निशानी त दियौ प्रिय
तर छुन र हेर्न पनि दिएनौ
अशब्द र तृस्कारले भरिएको भावले पनि प्रिय
आफनै सामु ओठ खोल्न दिएनौ

तिम्रै जीवन रहोस सारा उज्यालो प्रिय
मेरो अधेरी रात पनि त छोडिनौ
साइनो सम्बन्ध तोडयौ प्रिय
आफनै अतितसँग पनि खेल्न दिएना

Leave a Reply

Your email address will not be published. Required fields are marked *