पानी जस्तै देखिने आँसुको थोपा थोपाले
हृदयलाई जलाइदिन्छ
गहभरि जन्म खोजिएको आँसुको दहले
आफैलाई डुवाउदछ
चोट अनि पीडाको भावको मात्र यो आँसुले
सवलाई सुनाउदछ
अतितको भोगाईहरू सम्झदै यो आँखाले
त्यसै त्यसै रसाउदछ
बिर्सिदेऊ अब त्यो कथाहरू मनले भने पनि
आँखा रसाउन रोकिदैन
जीवनमाबाट टाढा गई सक्दा पनि
उनको याद आउन छोडदैन
केही पल निराश पन देखिने त्यो पलले
उराठ र उजाडमय बनाइदिन्छ
नरोकिने विछोड भावको आँसुले
हृदयको कुना कुना जलाई दिन्छ
आँसुसँगै आएको सुक् सुक आवजले
आफैलाई बिर्साइदिन्छ
पीडाबाट बगेको आँसुले
हृदयको कुना कुना जलाई दिन्छ ।
