Skip to content

विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन


विश्व नेपाली साहित्य महासंघको शनिबार दमौलीमा उपशाखा गठन गरेको छ ।

तनहुँमा क्रियाशिल युवा साहित्यकारहरूको भेलाले दिवाकर भट्टराईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा होम बहादुर थापा मगर (छिद्रमुटु) सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा संञ्जीवनी गुरुङ्ग र सहसचिवमा दिपक राईलाई चयन गरेको बताइएको छ ।

नव निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सहभागिहरूले महाभारतका रचियता महर्षि वेद व्यास र आदिकवि भानुभक्त आचार्यको जन्मभूमिलाई विश्वमाझ परिचित गराउन विश्व साहित्य महासंघ दमौली उपशाखाको भूमिका रहनुपर्नेमा जोड दिएका थिए ।

विश्व नेपाली साहित्य महासंघको १२ मुलुकमा १४ शाखाको स्थापना भएको नेपाल शाखाका अध्यक्ष रमेश कडेलले जानकारी दिए ।

सल्लाहकारमा साहित्यकार संगम सापकोटा लायतको उपस्थित रहेको थियो ।

दिवाकर भट्टराई
दमौली, तनहुँ
असोज ५, २०७०

Leave a Reply

Your email address will not be published. Required fields are marked *