Skip to content

तिम्रो सिउदो रग्याउनु पनि ब्यर्थै भयो …..

मबाट तिम्रो सिउदो रग्याउनु पनि ब्यर्थै भयो
आधा बाटो हिडदा हिडदै हाम्रो सम्वन्ध टुटेर गयो
प्रेमले भरिएका सपनाहरु छताछुल्ल भई पोखियो
सपना हेर्ने आखा पनि अनायस अरुवाट लुटियो

आगोलाई साची राखि तिमीलाई अपनाएर पनि
सहज विताउन सकिन मैले तिम्रो साथ एक जुनि
संगै हिडने बाचा खाई दोवाटो मा नचाहेरै पुगियो
आधा बाटो हिडदा हिडदै हाम्रो सम्वन्ध टुटेर गयो

चकेवाको जोरी जस्तै हामा्रे माया थियो
कुन निष्ठुरको नजरबाट हामीलाई छिया पारयो
मेरो नामको सिन्दुर पनि सिउदोमा विरानो भयो
नचाहेरै तिम्रो मेरो यात्रा दुई किनार बन्यो

किन लत्याउन खोज्यौ तिमीले मैले जानिन ?
तिम्रै सफलता चाहेकी थिए मैले केही मागिन
मेरो नामको सिन्दुर पोते तिमीबाट झरेर गयो
आधा बाटो हिडदा हिडदै हाम्रो सम्वन्ध टुटेर गयो

तिम्रो कसम भन्छु म मर्न पनि सक्दिन
तिमीलाई पराई ठानी रहन पनि सक्दिन
नचाहेरै तिम्रो मेरो बाटो दुई किनार पो भयो
सुन्दर सानो संसार पनि भतभुग भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *