विद्यालबाट आइपुगना साथ सानीले घरभित्र नपसी बाहिरबाटै कराइ- ” ल्याइदिनुभो ?”
“के भनेकी थिस् अरे ?” उनले थाहा पाए पनि थाहा नपाएझै गरिन् । उनका अघि विद्यालय जानु अघि सानीले भनेकी थिइ-“मलाइ बरु चाहिएन लुगासुगा यस पालिको दसैमा मलाइ मोबायल किनिदिनुहोला ?” यसै भनेर विद्यालय गएकी थिइ । आमालाइ अहिले पो थाहा भएको भान पारिन् र भनिन् “ज्या है, भुसुक्कै भएँछु ।”
“ढाँट्नु हुन्छ ।” उसले भनी र मोबायल नल्याइदिने भए भोलिदेखि उ विद्यालय नै नजाने कर गरी । त्यसरी करै गरेपछि आमाले ल्याइदिनु पर्ने बाध्यता भएको छ । अरुका छोराछोरीले मोबायल नकिनिदिदा आत्महत्या गर्ने धम्की पाएको कुरा आमाका मनमा झल्याँस्स आयो । अनि हतार हतार भनिन्- “कुन मोडेलको ल्याइदिनू ?”
सानीले भरसक नेट चल्ने खालको मोबायलको फर्मायस गरी । अनि आमाले आश्वस्त पारिन् ।
भोलि नै सानीको सपना पुरा हुने भएको छ ।
सायद भोलिदेखि सानी विद्यालय जान्छे होला ।
