Skip to content


मेरो जीवन आज कस्तो भयो हेर
के सोचेको थिए के पुगेन र
मानिसको जीवन कस्तो कस्तो हुन्छ
मरेपछि सबै जना आर्य घाटमा जान्छ ।

केके सोचेका हुन्छन अरुको मनमा
मेरो लक्ष्य जान्छ देश बनाउनेमा
मेरो पनि त यही नै हो इच्छा
मेरो जीवनले गर्छ सधै देशको सुरक्षा ।

सेवा नै त हो मानिसको धर्म
हामी सबैले गर्नु पर्छ राम्रो कर्म
यै कुरा नै हो सबैलाई महत्वपूर्ण
सबै मिली हुन्छ देश विकासको निर्माण

यै नै हो जीवनको परिश्रम
मेरो छोटो कविता गर्छु म विश्राम

कवयात्री निश्चल निशा

Leave a Reply

Your email address will not be published. Required fields are marked *